अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पर्कविहीन जहाज खोज्न हेलिकोप्टर परिचालन

सम्पर्कविहीन जहाज खोज्न हेलिकोप्टर परिचालन


काठमाडौं -पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको तारा एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । पोखराबाट हेलिकोप्टर अहिले जोमसोमतर्फ गइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले जानकारी दिए।
हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ। विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ।