पोखरा – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा २२ जना सवार रहेको पुष्टि भएको छ । विमान हालसम्म सम्पर्कविहिन छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी दिनुभयो । तारा एयर स्रोतले दिएको जानकारीअनुसार जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए ।
विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन ।







प्रतिक्रिया