काठमाडौं – जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिनुभयो ।
जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उहाँको भनाई छ ।
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन् ।
पोखराबाट मुस्ताङको जोमसोम लागि उडेको तारा एयरको जहाज दुई वटा उडान सकेर तेस्रो उडान गर्दैगर्दा घोडेपानी क्षेत्रको लेतेबाट हराएको थियो । लोकान्तरबाट







प्रतिक्रिया