काठमाडौं- सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गर्नु भएको हो । ‘साइबर सुरक्षाको सुनिश्चितता, २१ औं शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उहाँले जानकारी दिनु भयो ।
उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन र डिजिटल फरेन्सिक अनुसन्धान सम्बन्धी अधिकार प्राप्त निकायको रुपमा विकास गरिने अर्थमन्त्री शर्माले बताउनु भयो ।
अर्थमन्त्रीले इन्टरनेट शुल्क घटाएर यसलाई सर्वसुलभ बनाउने पनि बताउनु भयो । नेपाल सरकारद्वारा विद्युतीय प्रणालीको साइबर सुरक्षा परीक्षण गर्ने व्यवस्था मिलाइने पनि उहाँले जानकारी दिनु भयो ।







प्रतिक्रिया