सरकारले रेल र मेट्रोरेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गर्नु भएको हो । जल यातायातलाई प्रवर्द्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा टर्मिनल निर्माणकार्य प्रारम्भ गरिने भएको छ।
रणनीतिक सडक तथा पुल निर्माणकोलागि १० अर्ब र पुलको अध्ययन गर्न ६० करोड बजेट विनियोजन गरिएको छ।







प्रतिक्रिया