काठमाडौं – सरकारले इन्टरनेटलाई सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाइने भएको छ।
आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले बाँकेको कोहोलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य शुरु गरिने बताउनु भएको हो । यस्तै धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर स्थापना गरिने भएको छ।
नेपालमा नै सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभ्ने भएको छ।
डिजिटल फ्रेमवर्क २०७६ कार्यन्वयनगरी पहिलो चरणमा संघिय मन्त्रालयलाई डिजिटल कार्यलयहरुमा रुपान्तरण गरिने भएको छ। स्थानीय तहसम्म ब्रोडब्यान्डको पहुँच विस्तार गरिने भएको छ।







प्रतिक्रिया