अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले यो बजेट कार्यान्वयनका लागि ल्याएकै होइन : खगराज अधिकारी

गठबन्धनले यो बजेट कार्यान्वयनका लागि ल्याएकै होइन : खगराज अधिकारी


काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले गठबन्धन सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्याएको बताउनु भएको छ ।

एमाले संगठन विभाग प्रमुखसमेत रहेका उहाँले अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिसकेपछि संसद भवनमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै बजेट विश्वसनीय नभएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘बजेट विश्वास योग्य छैन। गठबन्धनले यो बजेट कार्यान्वयनका लागि ल्याएकै होइन। आर्थिक संकट समाधानबारे बोल्नै सकेन।’

गठबन्धन सरकारले वितरणमुखी बजेट ल्याएको नेता अधिकारीले बताउनु भयो । उहाँले ठूला विकास परियोजना र आर्थिक सुशासनको सवालमा बजेटले निराश पारेको बताउनु भयो ।