अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनास्थलमा १२ जनाको शब भेटियो,सबै चिन्न सकिने अवस्थामा

दुर्घटनास्थलमा १२ जनाको शब भेटियो,सबै चिन्न सकिने अवस्थामा


काठमाडौ -तारा एयरको विमान दुर्घटनामा अहिलेसम्म १२ जनाको शव फेला परेको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला परेको हो । दुर्घटनास्थलमा अहिलेसम्म १२ जनाको शव फेला परेको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।

विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । दुर्घटनास्थलमा पुगेका स्थानीय बासिन्दाले शवहरू यत्रतत्र छरिएको अवस्थामा देखिएको बताएका छन् ।