अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी लाइसेन्सको सबै आवेदन रद्द, अब नयाँ आवेदन दिनुपर्ने

सवारी लाइसेन्सको सबै आवेदन रद्द, अब नयाँ आवेदन दिनुपर्ने


काठमाडौं – यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिन लागि अहिलेसम्म दिएको सबै अनलाइन आवेदन रद्द गरेको छ ।

विभागले सोमवार सूचना प्रकाशन गरेर यसअघिको सबै आवेदन रद्द गरेको बताएको हो । अब सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ आवेदन फारम भर्नुपर्ने भएको छ ।

विभागले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेको अनलाइन आवेदनहरू आजदेखि रद्द गरिएको छ, जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले पुनः भर्नुहोला ।