अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमान दुर्घटनामा धनुषाका एउटै गाउँका ७ को मृत्यु

विमान दुर्घटनामा धनुषाका एउटै गाउँका ७ को मृत्यु


काठमाडौं – दुर्घटना भएको तारा एयरमा सवार धनुषाका ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने सातै जना धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका हुनुहुन्छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका–११ लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ हुनुहुन्छ ।

उहाँहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै हुनुहुन्थ्यो । यसैबिच गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पाख्रेलले दुर्घटनास्थलबाट शव काठमाडौं ल्याउने बताउनुभएको छ । काठमाडौं ल्याएर शव आफन्तको जिम्मा लगाइनेछ ।