अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लाका यार्सा पाटनमा भिडभाड

जुम्लाका यार्सा पाटनमा भिडभाड


जुम्ला – जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांश ग्रामिण बस्ती रित्तिएका छन् भने पाटन जानेको लर्को लागेको छ ।

यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन्। १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर पाटनतर्फ लागेका हुन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका  घरमा ताला लगाएर गएका छन् ।’

खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उहाँले बताउनु भयो । यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोत नै जडिबुटी हो । घरको उत्पादनले बाह्रै  महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई  स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको  विकल्प छैन । बोहोराले भन्नुभयो । मकै, आलु, कोदो, चिन्नु गोड्मेल र घरायसी सबै काम महिलाले गर्दछन् । घरको सबै  समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।