अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं – सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनु भयो ।