अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिवद्धता

खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिवद्धता


इस्लामाबाद – पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिनुभएको छ ।

चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य ४०० रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताउनुभएको छ ।

आइतबार थाकारा रङ्गशालामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “म यो प्रतिवद्धता व्यक्त गर्दछु कि यदि राज्य सरकारले खाद्यान्नलाई सुलभ तथा सस्तो बनाउन नसकेमा यसका लागि आफैंले पहल थाल्ने र जनतालाई आफ्नो निजी स्रोत र साधन बेचेर भएपनि आधारभूत खाद्यान्नलाई सस्तोमा उपलब्ध गराइनेछ ।”

पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उहाँले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाउनुभयो ।

इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक सङ्कटमा धकेलको आरोप शेहबाजले लगाउनुभयो ।

पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले प्रधानमन्त्री शेहबाजलाई उद्धृत गर्दै लेखेको छ, “म पाकिस्तानलाई समृद्धि र विकासको बाटोमा डो¥्याउनका लागि आफ्नो जीवनको कुनै प्रबाह नगर्ने तपाईंहरूसामु गम्भीरतापूर्वक घोषणा गर्दछु ।”

बालोचिस्तान को चुनावी अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शेहबाज नागरिकहरूलाई आफूमाथिको भरोसा गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।