काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले पदभार ग्रहण गर्नु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि उहाँ महानगरपालिकाको कार्यालय पुगेर पदभार गर्नु भएको हो । त्यसक्रममा साहले काठमाडौंको मुख्य समस्या रहेको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने पनि बताउनु भयो ।
मेयर बालेन साह भन्नुहुन्छ, ‘काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म अन्तर्वार्ता पनि दिन्न । हामीले फ्याँकेको फोहोरका कारण सिसडोलबासीहरु क्यान्सरपीडित र छालाको रोगी भएका छन् । उनीहरुले स्वच्छ हावा र स्वच्छ पानी नभएसम्म म खादा र माला पनि लगाउँदिनँ।’





प्रतिक्रिया