अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महानगर सफल भए हामी सफल हुन्छौं : नवनिर्वाचित उपप्रमुख डंगोल

महानगर सफल भए हामी सफल हुन्छौं : नवनिर्वाचित उपप्रमुख डंगोल


काठमाडौँ – काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले आज पदभार ग्रहण गर्नुभएको छ ।

सुन्धारास्थित महानगरपालिकाको कार्यालयमा उपप्रमुख डंगोलले पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहण गरेपछि प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले ‘जो जुन दलबाट आए पनि स्वतन्त्र भए पनि अब टिम वर्कबाट काम गर्नुपर्छ। व्यक्तिको सफलता असफलता होइन संस्थाको सफलता बारे ध्यान दिनुपर्छ। काठमाडौं महानगरपालिका सफल भए हामी सफल हुन्छौं ।’