अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा एयरको विमान दुर्घटना: २० यात्रुको शव भेटियो

तारा एयरको विमान दुर्घटना: २० यात्रुको शव भेटियो


काठमाडौं – विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २० वटा शव संकलन भएको छ ।

नेपाली सेनाकाअनुसार दुर्घटनास्थलमा २० वटा शव संकलन गरिएको हो। दुई वटा शव भने फेला परेको छैन।

घटनास्थलमा रहेका अधिकृतका अनुसार पछाडीको भागसँगै तल खुँजमा झरेको अनुमान गरिएको छ। भिरालो भएकाले ती शव पनि डोरीको सहायतामा निकाल्ने प्रयास भइरहेको छ।

संकलन भएका शव पनि सेनाले कोवाङ क्षेत्रमा झारेको छ। अहिलेसम्म १० वटा शव कोवाङमा झारिएको सेनाले जानकारी दिएको छ। कोवाङबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत शव काठमाडौं ल्याउने तयारी छ।

आइतबार बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको हो। सोमबार बिहान मात्रै उद्धार टोली दुर्घटना स्थल पुगेर शव संकलन गरेको हो। खराब मौसमका कारण दुर्घटनास्थल पत्ता लगाउनै समय लागेको थियो।

बिहान यार्सा टिप्न गएको टोलीले फेला पारेर सुरक्षाकर्मीलाई खबर गरेको हो। त्यससँगै केही हेलिकप्टरमा र केही पैदल उद्धार टोली त्यहाँ पुगेको हो।