अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी


काठमाडौं – आर्थिक वर्ष २०७९/८० का लागि गठबन्धन सरकारले ल्याएको बजेटबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ।

आज दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको छ। संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा बजेटबारे छलफल भइरहेको बताउनु भयो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय संसदको संयुक्त बैठकमा पेश गर्नु भएको थियो । सो बजेटमाथि पार्टीको धारणा बनाउन बैठक डाकिएको हो। आइतवार बजेट आएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल र सांसद खगराज अधिकारीसहितले मतदाता फकाउन गठबन्धन सरकारले कनिका छरेको आरोप लगाउनु भएको थियो ।