अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : अध्यक्ष ओली

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमान दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिनु भएको छ ।

‘पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

१९ जना यात्रुसहित आइतबार बिहान जोमसोमका लागि उडान भरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सोमबार बिहान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।