काठमाडौं – पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्धमा विचलन देखा परेको बताउनु भएको छ ।
चुनावी समीक्षाका लागि आज बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्धमा विचलन देखा परेको बताउनु भएको हो ।
सरकार भूराजनीतिक संवेदनशीलता नबुझी अघि बढेको र यसले देश दुर्घटनामा पर्ने नेता श्रेष्ठले चेतावनी दिनु भयो । उहाँले भन्नुभयो, ‘भारतसँग राजनीतिक एजेण्डा थन्को लगायौं । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा नउठ्ने भयो, १९५० को सन्धि, ईपीजी, डुवानका मुद्दाहरु नउठाउने भयौं ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले ‘छलफल गरौंला’ भन्ने जवाफ दिनु भएको एक स्रोतले बताएको छ ।





प्रतिक्रिया