अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानमा सवार २२ जनाकै निधन : १० जनाको शव काठमाडौं ल्याइँदै

विमानमा सवार २२ जनाकै निधन : १० जनाको शव काठमाडौं ल्याइँदै


पोखरा – आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ ।

उद्धार कार्यको नेतृत्व गर्दै आउनुभएका नेपाली सेनाका उपरथि बाबुराम श्रेष्ठका अनुसार, घटनास्थलबाट २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शव खोज्ने कार्य जारी रहेको बताइएको छ । उहाँले अब कोही जीवित फेला पर्ने सम्भावना नभएको बताउनुभयो ।

प्राप्त शवमध्ये १० जनाको शव पोखरा ल्याइसकेको छ । त्यहाँबाट काठमाडौं लग्ने तयारी छ । पोखरामा भारी वर्षाका कारण केही ढिलाइ भएको श्रेष्ठले बताउनुभयो । ११ जनाको शव भने मुस्ताङ जिल्लाको पासाङ गाउँपालिका वडा २ को कोबाङमा राखिएको छ । त्यहाँबाट मङ्गलबार मात्रै ल्याइने भएको छ ।

एयरहोस्टेज क्रिस्मी थापाको परिवार काठमाडौं प्रस्थान गरेको छ । सडक मार्गबाट जाने तयारी भए पनि तारा एयरको आग्रहमा थापाका परिवारका छजना सदस्य काठमाडौं प्रस्थान गर्नुभएको छ ।

स्वर्गीय थापाको घर स्याङ्जाको चापाकोट नगरपालिका वडा ४ म्याङकोट हो । सो वडाका अध्यक्ष अर्जुन खाण, आमा विष्णु विक, भाइ, हजुरआमासहितको टोली काठमाडौं गएको छ ।

यसैबीच जहाज खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिनबहादुर के।सी।को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०:५५ बजे दुर्घटनास्थलमा पुगी उद्वार कार्यमा जुटिरहेको छ ।