अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रीमानको यातनाबाट घाइते गीता माझीको उपचारका क्रममा मृत्यू

श्रीमानको यातनाबाट घाइते गीता माझीको उपचारका क्रममा मृत्यू


काठमाडौ -श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ ।
माझीको गएराति भरतपुर अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् । पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते हुनुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।

गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार शल्यक्रिया गरिएको थियो । तर सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर माझीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।