अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्राउ परेका भिक्षु रिहा गर्न माग, चलभित्र ‘कबड्डी ४’ को पोस्टर जलाइयो

पक्राउ परेका भिक्षु रिहा गर्न माग, चलभित्र ‘कबड्डी ४’ को पोस्टर जलाइयो


काठमाडौं – चलचित्र ‘कबड्डी ४’ बन्द गर्न माग गर्दै प्रदर्शन भएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावरअघि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरूले उक्त चलचित्रकी अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन गरे ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामका एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै ती अभिनेत्रीले प्रहरीमा उजुरी दिनुभएको थियो ।

उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले मंगलबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।