अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा

आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा


काठमाडौं – सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।

आजदेखि सुुनुवाइ हुन लागेको उक्त मुद्धामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको छ ।

यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार सुनुवाइ तय भएको हो ।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।

प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पोखरेलले दायर गर्नुभएको रिट निवेदनसँगै सिंहसहित तीन जनालाई एआइजी बढुवा गर्ने निर्णयविरुद्ध तीनजना डिआइजीले दायर गरेको रिटलाई साथै राखिएको छ ।