काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्चले तीन डीआईजीहरू इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको हो । उनीहरूको र आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिटसँगै राखिएको थियो ।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको थियो । गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए ।
रिटमा पोखरेलले आईजीपी हुनुपर्ने माग राखेका छन् । पोखरेलले सरकारले ज्येष्ठता तथा वरियता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।







प्रतिक्रिया