अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा कार्यकर्तालाई पैसा बाँड्ने गरी बजेट ल्याइयो : अनिल झा

चुनावमा कार्यकर्तालाई पैसा बाँड्ने गरी बजेट ल्याइयो : अनिल झा


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले सरकारले आगामी निर्वाचनमा कार्यकर्ता व्यवस्थापन गर्ने गरी बजेट ल्याएको टिप्पणी गर्नु भएको छ ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताउनु भएको हो ।

नेता झाले भन्नुभयो, ‘यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई इन्गेज गर्न र पैसा बाँड्न बनाइएको बजेट हो ।’

झाले बजेटमा कुनै नयाँ कार्यक्रम नभएको भन्दै बजेट ल्याउने परम्पराले निरन्तरता पाएको बताउनु भयो। ‘देश भएपछि एउटा संसद हुनुपर्ने, सरकार हुनुपर्ने र प्रत्येक वर्ष एउटा बजेट ल्याउनुपर्ने विश्वव्यापी परम्परा र मान्यतालाई अनुसरण गर्दै यसपटकको बजेट पनि ल्याइएको हो ।’