अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा विमान दुर्घटना: बाँकी १२ जनाको शव काठमाडौं ल्याइयो

तारा विमान दुर्घटना: बाँकी १२ जनाको शव काठमाडौं ल्याइयो


काठमाडौं – तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्ट पछि शवलाई आफन्तको जिम्मा लगाइनेछ ।

यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो ।