काठमाडौं – नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले नयाँ बजेटमा सरकारले केही वर्ग, व्यक्ति र संस्थालाई फाइदा पुर्याउन कर हेरफेर गरेको टिप्पणी गर्नुभएको छ ।
आर्थिक वर्ष २०७९ ८० को बजेट छलफलका क्रममा अर्थसमितिका सभापतिसमेत रहनुभएका दाहालले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पनि प्रतिमहिना १० प्रतिशत विकास गर्छु भनेको तर अहिलेसम्म ३३ प्रतिशत मात्रै खर्च भएको बताउनुभयो ।
‘अर्थमन्त्रीले कामभन्दा पनि कुरा मात्रै ठूलो गर्ने गर्नुभएको छ । आगामी वर्षका लागि आएको बजेट पनि राम्रो देशको वैदेशिक मुद्रा सञ्चिती थोरै भएको विषय पनि बजेटले देखेन’, दाहालले भन्नुभयो, ‘यसले अझ समस्या वृद्धि गर्छ । करमा मात्रै छुट दिएर उद्योग स्थापना वृद्धि नहुने र विदशी लगानीमा पनि वृद्धि हुँदैन ।’
८ प्रतिशत आर्थिक वृद्धि यो बजेटमा सम्भव छैन । यो बजेटले मूल्य वृद्धि गर्ने र जतना थप मारमा पर्ने उहाँको भनाई थियो ।
प्रतिक्रिया