अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतको काँक्रेबिहारको निरीक्षणमा राष्ट्रपति भण्डारी

सुर्खेतको काँक्रेबिहारको निरीक्षणमा राष्ट्रपति भण्डारी


काठमाडौं -कर्णाली र सुदुरपश्चिम प्रदेशको भ्रमणमा निस्किनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेबिहारको निरीक्षण गर्ने हुनुभएको छ ।
दिउसो साढे १ बजे सुर्खेत स्थित सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा अवतरण गर्नुभएकी भण्डारीले अहिले पाँच बजे काक्रेबिहारको निरीक्षण गर्ने कार्यक्रम रहेको भण्डारीका संस्कृति विज्ञ माधव शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार देशका १सय वटा पर्यटकीय स्थल मध्ये काँक्रेबिहार पनि एक हो ।
यसैगरी भोली विहान राष्ट्रपति भण्डारी बाजुराको बढीमालिका निरीक्षणमा जाने कार्यक्रम छ । आज उहाँ सुर्खेतमै बस्ने शर्माले जानकारी दिनुभयो ।