अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब हेलिकप्टरमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई) देखि लागू हुने गरी निर्णय भएको उहाँले जानकारी दिनु भयो ।

हेलिकप्टरमा एक जना पाइलटले  यात्रु बोक्ने गरी सञ्चालन भइरहेको कर्णले भन्नुभयो, ‘अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको छ ।’

नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनु भयो ।