अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खेतमा मल छैन, बीउ छैन सरकारले आयात घटाउने कुरा कसरी पत्याउनु : एलपी साँवा

खेतमा मल छैन, बीउ छैन सरकारले आयात घटाउने कुरा कसरी पत्याउनु : एलपी साँवा


काठमाडौं – नेकपा एमालेका सांसद एलपी साँवाले सरकारले ल्याएको बजेट जनता अल्मल्याउने संगालो भएको आरोप लगाउनुभएको छ ।

बजेट निर्माण गर्दा देशको वर्तमान स्थिति सरकारले भुलेकोले यसलाई जनता अल्मल्याउने संगालो भन्नु उपयुक्त हुने साँवाको धारणा छ । ‘पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । यसको खपत घटाउनु पर्दछ भनेर सरकारले दुई दिन विदा दिएको छ’ साँवाले संसदमा आफ्ना धारणा राख्दै भन्नुभयो ‘बजेटले मुद्रास्फिती घटेको, देश आर्थिक संकटतर्फ गएको कुरा भुलेको छ ।’

 साँवाले कोभिडको असरले उद्योगधन्दा बन्द हुने अवस्थामा रहेको बताउनुभयो । जसका कारण हजारौंले रोजगारी गुमाउनु परेको साँवाको भनाइ छ । भारतले र गहुँ र चिनीको निर्यात बन्द गरेको छ । ‘सरकारले कृषि उत्पादन बढाएर आयातलाई ३० प्रतिशत झार्ने भनेको छ तर पुँजीगत खर्च जम्मा ३० प्रतिशत गरेको छ’ साँवाले भन्नुभयो, ‘अहिले मल र बीउको हाहाकार छ । सरकारलाई यस्ता कुरामा चासो छैन । अनि आयात घटाउने कुरा कसरी पत्याउनु ?’