सुनसरी -सुनसरीको इटहरीबाट वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी १५ की १६ वर्षीया अस्मिता चौधरीको अवस्था अझै अज्ञात छ।
किशोरीलाई बेपत्ता बनाएको आरोपमा काका लालु चौधरीसहित दुईजना पक्राउ परेका छन्। लालुले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएदेखि उनी घर नफर्किएकी बेपत्ता किशोरीका बुवा पशुपति चौधरीले बताउनुभयो।
कोशी नदीमा लैजाने भनिएपनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जेठ २ गते किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन्।
प्रहरीले त्यतिबेलै काका लालु र सनी मण्डल नाम गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको थियो। झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिनुभयो।







प्रतिक्रिया