अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम कस्तो छ ?

आजको मौसम कस्तो छ ?


काठमाडौं- आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकीका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज राति प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । उल्लेखित प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।