अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पांग्रामा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

पांग्रामा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता


काठमाडौं – झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान पाङ्ग्रामा समस्या देखिएपछि केही समयमा नै काठमाडौं फिर्ता भएको छ ।

भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।