अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीन्द्र मिश्र लेख्नुहुन्छ, ‘म खुइलिएँ, खुइल्याउन सफल हुनेहरूलाई शुभकामना’

रवीन्द्र मिश्र लेख्नुहुन्छ, ‘म खुइलिएँ, खुइल्याउन सफल हुनेहरूलाई शुभकामना’


काठमाडौं – स्थानीय तहको निर्वाचनमा निराशाजनक परिणाम आएपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिनुभयो । त्यसपछि उहाँले लेख्नुभएका फेसबुक स्टाटसले धेरै चर्चा पाउनेगरेको छ । विषेश अर्थ राख्ने गरि उहाँले लेख्दै पनि आउनुभएको छ ।

बुधबार पनि उहाँले एउटा स्टाटस लेख्नुभयो, ‘खुइल्याउन सफल हुनेहरुलाई शुभकामना ।’ मिश्रले केहीले प्रत्यक्ष भेटमै आफूलाई नखुल्याई राजनीतिक अभिष्ट पूरा नहुने बताएको पनि उल्लेख गर्नुभयो ।

‘ती (अ)मित्र(हरू)मा समर्पित…’ भन्दै उनले उनले लेखेका छन्, ’जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए– तपाईंलाई नखुइल्याई त मेरो÷हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि! अब म खुइलिएँ । तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस् ।’

मिश्रले लेख्नुभएको छ, ‘यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस् । तपाईँ(हरू)लाई शुभकामना छ !’

यसअघि पार्टी अध्यक्षबाट राजीनामा दिँदै उहाँले भन्नुभएको थियो, ‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिनेछु ।’