काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भानुभक्त ढकालले वर्तमान सरकारले ल्याएको बजेटमा सम्भव नै नहुने कार्यक्रम पनि राखिएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा ढकालले भन्नुभयो, ‘एक घण्टामा चितवन पुग्ने फास्ट ट्रयाक बनाउने गफ बजेटमामार्फत सरकारले किन दिएको, के यो सम्भव छ ?
काठमाडौंबाट चितवन एक घण्टामा, चताराबाट सगरमाथा दुई घण्टामा पुग्ने बाटो बनाउने विषय सरकारले बजेटमा समेट्नु हाँस्यास्पद भएको बताउँदै ढकालले भन्नुभयो, ‘लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रता छ महोदय, व्यक्तिगत रूपमा चन्द्रलोक जाने बाटो बनाउनोस् !’
प्रतिक्रिया