अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिभिल बैंकको नायब सीईओमा सचिन जंग रायमाझी

सिभिल बैंकको नायब सीईओमा सचिन जंग रायमाझी


काठमाडौं – सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त हुनु भएको छ ।

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आउनु भएका सचिन जङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले १८ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रायमाझीले नेपाल बंगलादेश बैंकबाट बैंकिङ सेवा सुरु गर्नु भएको थियो । सो क्रममा रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंकमा गरी २१ वर्षको बैंकिङ अनुभव लिइसक्नु भएको छ ।

विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेकोले उहाँले नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पु¥याउनेमा बैंकले विश्वास लिएको छ ।