अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जमा चिनी मिल सञ्चालन भए सरकारलाई घर पास गरिदिन्छु: बिमलप्रसाद श्रीवास्तव

वीरगञ्जमा चिनी मिल सञ्चालन भए सरकारलाई घर पास गरिदिन्छु: बिमलप्रसाद श्रीवास्तव


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमलप्रसाद श्रीवास्तवले बजेट वक्तव्यमा उल्लेख भए अनुसार वीरगञ्जमा चिनी मिल सञ्चालन भए आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नु भएको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नु भएको हो ।

श्रीवास्तवले भन्नुभयो, ‘यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन । तर यो दुईवटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भएपनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि व्यक्तिगत रुपले सहयोग गर्छु ।’