अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीको देवदह नगर कार्यपालिकामा एमाले-राप्रपा गठबन्धन

रुपन्देहीको देवदह नगर कार्यपालिकामा एमाले-राप्रपा गठबन्धन


बुटवल – रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ ।

पाँच जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट तीन जना गरी आठ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो ।

सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित भएका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित हुनु भएको छ ।

त्यस्तै दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनु भयो ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए ।

देवदहको मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ । देवदहमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।