अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय चुनाव कात्तिक २७ वा मंसिर ४ मा गर्न गठबन्धनको प्रस्ताव

संसदीय चुनाव कात्तिक २७ वा मंसिर ४ मा गर्न गठबन्धनको प्रस्ताव


काठमाडौं – सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक २७ वा मंसिर ४ गते निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताउनु भयो ।

२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । यद्यपि निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ।