अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीलाई लालबाबुको प्रश्न- एक घण्टामा चितवन हेलिकप्टरबाट झुण्डिएर पुग्ने हो ?

अर्थमन्त्रीलाई लालबाबुको प्रश्न- एक घण्टामा चितवन हेलिकप्टरबाट झुण्डिएर पुग्ने हो ?


काठमाडौं – नेकपा एमाले सांसद लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मालाई काठमाडौंबाट चितवन कसरी एक घण्टामा पुगिन्छ भनेर प्रश्न गर्नुभएको छ ।

आज संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले आवश्यक बजेट नै नछुटाई एक घण्टामा चितवन पुग्ने सडक बनाउँछु भन्नु हावादारी भएको बताउनुभयो ।

सांसद पण्डितले हेलिकोप्टरमा झुन्डेर एक घण्टामा चितवन पुग्न खोजिएको हो भन्दै अर्थमन्त्रीलाई प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यू काठमाडौंबाट चितवन एक घण्टामा हेलिकोप्टरमा झुन्डेर जानुहुन्छ ? के भन्न खोज्नु भएको हो ? कति बजेट छुट्टाएको छ ?’  

सांसद पण्डितले अहिलेको बजेट हावादारी भएको आरोप लगाउनुभयो । उहाँले अहिलेको बजेटले हुने खाने र निजी क्षेत्रलाई मात्र सम्बोधन गरेको बताउनुभयो । उहाँले बजेटमा जनतालाई गुलियो नारा बाहेक अरू केही नदिइएको आरोप लगाउनुभयो ।