अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदुवा खेतीको रकम दुरुपयोग गरेको आरोपमा दुई जनामाथि भ्रष्टाचारको मुद्दा

अदुवा खेतीको रकम दुरुपयोग गरेको आरोपमा दुई जनामाथि भ्रष्टाचारको मुद्दा


काठमाडौं – नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल नागरिक समाज (सिस नेपाल) का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि १३ लाख ३७८ हजार रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएको छ । उनीहरुले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरीमा अदुवा खेतीका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषबाट अनुदान लिएका थिए । तर रकम खर्च नगरी नक्कली बील बनाएको आरोप उनीहरुमाथि छ ।