अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेनको भेट

प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेनको भेट


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको छ ।

मेयर बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नु भएको हो ।

भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ ।’