अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगको निष्कर्ष- संसदीय चुनाव आगामी मंसिरभित्रै सम्पन्न

निर्वाचन आयोगको निष्कर्ष- संसदीय चुनाव आगामी मंसिरभित्रै सम्पन्न


काठमाडौं – आगामी संसदीय चुनाव दुई चरणमा गर्नुपर्ने निष्कर्ष निर्वाचन आयोगले निकालेको छ।

आगामी संसदीय चुनावबारे आयोगको निष्कर्ष सुनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमै गर्न सुरक्षाका हिसाबले बढी सहज हुने आयोगको धारणा छ।’

संसदीय निर्वाचन आगामी मंसिर १० भित्रै सम्पन्न गरिसक्नुपर्ने आयोगको निष्कर्ष छ। तर, यसबारे सरकारलाई आयोगले अहिले नै मिति प्रस्तावित गरिनसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो ।

उहाँले भन्नुभयो,  ‘चुनावी मितिबारे अहिल्यै परामर्श दिइहाल्नु अलिकति छिटो हुने हुनाले निर्वाचन अवधिका लागि तोकिएको १२० दिन अगावै मितिसहित परामर्श दिने गरी तयारी अवस्थामा रहेको छ।’