अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अबको करिब पाँचदिन पछि नेपालमा मनसुन सुरु हुने,आज चारवटा प्रदेशमा वर्षाको सम्भावना

अबको करिब पाँचदिन पछि नेपालमा मनसुन सुरु हुने,आज चारवटा प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं- आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावको कारण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले पूर्वी तराईका केही स्थानमा वर्षा भइरहेको छ।
‘यस वर्ष नेपालमा मनसुन केही छिटो सुरु हुने संकेत देखिएको छ। सामान्यतया नेपालमा जुन १० र २७ जेठ देखि सेप्टेम्बर २३ ९७ असोज सम्मको अवधिलाई मनसुन अवधि मानिन्छ।
तर यस वर्ष मनसुन २७ जेठ अघि नै सुरु हुने संकेत देखिएको छ। भारतको केरलामा मनसुन सुरु भएको १० दिनमा सामान्यतया नेपालमा मनसुन भित्रिने गरेको छ।

‘केरलामा पाँच दिनअघि नै मनसुन सुरु भइसकेको छ,’ मौसमविद् भट्टराईले भन्नुभयो ‘नेपालमा पनि अब चार पाँच दिन भित्रै मनसुन सुरु हुने संकेत देखिएको छ।’