अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा सिडिओ सहित सुरक्षाकर्मीको सेटै परिवर्तन,बुथ कब्जा गरेर निर्वाचन रद्ध भएको बुढीगंगामा पुन निर्वाचनको तयारी गरिंदै

बाजुरामा सिडिओ सहित सुरक्षाकर्मीको सेटै परिवर्तन,बुथ कब्जा गरेर निर्वाचन रद्ध भएको बुढीगंगामा पुन निर्वाचनको तयारी गरिंदै


काठमाडौं -निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।

यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भइरहेको थियो।

नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाइरहेको छ।
कांग्रेसबाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार हुनुहुन्थ्यो।

मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीहरूले प्रभावकारी भूमिका नखेलेको आरोप पनि छ।
निर्वाचन आयोगले यहाँ निर्वाचन अधिकृतसमेत पठाएको छ। पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायतसँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको छ।

सिडिओ प्रकाशचन्द्र अधिकारीले निर्वाचनका लागि सुरक्षासम्बन्धी सबै तयारी गरिसकिएको जानकारी दिनुभयो।

पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताउनुभएको थियो।

अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्री छाडेर हिडेको भन्दै आयोगले त्यहाँको निर्वाचन प्रक्रिया खारेज गरेको थियो ।

यसपछि आयोगले बुढीगंगामा पुन मतदान गर्ने निर्णय गर्दै प्रजिअ र प्रहरी प्रमुखहरू परिवर्तन गर्न सिफारिस गरेको थियो।

सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ।

उनीहरूले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।