अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रको सालिक राख्ने विषयमा नेपालगन्जमा विवाद, वीरेन्द्रचोक तनावग्रस्त

वीरेन्द्रको सालिक राख्ने विषयमा नेपालगन्जमा विवाद, वीरेन्द्रचोक तनावग्रस्त


नेपालगन्ज – नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद भएको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।

बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको बताइएको छ। झडपका क्रममा केहि प्रदर्शनकारी घाइते छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।