अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले विदेशी लगानीकर्तालाई हतोत्साही बनाउने काम गरिरहेको छ : ज्ञवाली

सरकारले विदेशी लगानीकर्तालाई हतोत्साही बनाउने काम गरिरहेको छ : ज्ञवाली


काठमाडौं – एमाले उपमहासचिप प्रदीप ज्ञवालीले सरकारले विदेशी लगानीकर्तालाई हतोत्साही बनाइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले एमसीसी पछि बुढीगण्डकी पनि सरकारले गिजोलेको बताउनुभयो ।

‘‘हिजो के देखेर चीनलाई दिने भन्यौं। आज के देखेनौं, पाएनौ फेरि नदिने भन्यौं। हिजो आफैं सरकारमा रहँदा हस्ताक्षर गर्‍यौं एमसीसी, एमसीसीमा तीन वर्षसम्म आफैंले फेरि त्यसको विरुद्ध आगो बालेउ । यसले लगानी कर्तालाई विश्वासको वातावरण बनाउँदैन, सन्देश दिदैन,’ उहाँले भन्नुभयो ।

उहाँले पश्चिमसेतीमा पनि यस्तो देखेको बताउनुभयो। दुई छिमेकी देशको विचमा भएर पनि सरकार संवेदनशील नभएको उहाँको भनाई थियो ।