अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काजी कालु पाँडेको समाधिस्थलमा पुग्नुभयो राष्ट्रपति

काजी कालु पाँडेको समाधिस्थलमा पुग्नुभयो राष्ट्रपति


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा आउनुभएको छ । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आउनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गर्नुभयो ।