अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई घण्टापछि पुनः सुरुभयो बाग्मती प्रदेशसभा बैठक

दुई घण्टापछि पुनः सुरुभयो बाग्मती प्रदेशसभा बैठक


काठमाडौं – नेकपा एमालेका सांसदहरूले विरोध जनाएपछि अवरुद्ध बाग्मती प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको बैठक २ घण्टा पछि पुनः सुचारु भएको हो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो ।

एमाले बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दिपक निरौलालाई आफ्नो भनाई राख्न समय दिनुभएको थियो ।