अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाज दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई बुझाइयो

जहाज दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई बुझाइयो


काठमाडौं – तारा एयरको जहाज दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव आफन्तलाई बुझाइएको छ ।

काठमाडौं ल्याइएका शवहरूको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीवार आफन्तको जिम्मा लगाइएको हो ।

नेपाली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शवहरू संकलन गरी २ चरणमा काठमाडौँ ल्याइएको थियो ।

आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।